DG Creation

गृहपृष्ठ ओलीले बोली फेरे, नयाँ मन्त्रीमा प्रचण्डको जोड नचल्ने संकेत

ओलीले बोली फेरे, नयाँ मन्त्रीमा प्रचण्डको जोड नचल्ने संकेत

oli prachanda-candles khabar

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँमा मन्त्रीमा बोली फेरेका छन् ।

प्रधानमन्त्री ओलीले रिक्त रहेका तीन वटा मन्त्रालयमा तत्काल नयाँ मन्त्री लैजाने र दशैं पछि मात्रै अन्य मन्त्रीका विषयमा सोच्ने भनेको सार्वजनिक भएको थियो ।

तर, नेकपाका अध्यक्ष अध्यक्ष पुष्टकमल दाहाल ‘प्रचण्ड’ निकट स्रोतका अनुसार ओलीले शनिवारको भेटमा कुरा फेरेका छन् ।

ओली- प्रचण्ड भेट सकियो, नयाँ मन्त्रीको सपथमा कुरा मिलेन

‘उहाँ (ओली)ले सुरुमा तीनजना थप्ने भन्नुभयो । सोही अनुसार नयाँ को को जाने भनेर पनि छलफल भयो । अहिले आएर सबैजना आफूले भनेकै व्यक्ति मन्त्री हुनुपर्ने अडान राख्नुभयो’ ती नेताले भने ।

ओली र ‘प्रचण्ड’बीचको शनिवार वालुवाटारमा भेट भएको हो ।

पछिल्लो समय मन्त्रिमण्डल पुनर्गठनको विषयमा अध्यक्षद्वयबीच सहमति हुन सकेको छैन ।

प्रचण्डले रोकिदिए- नयाँ मन्त्रीको सपथ

शनिवारको भेटमा ओलीले सबैजना आफूले भनेकै व्यक्ति मन्त्री हुनुपर्ने अडान राखेका छन् ।

प्रचण्डले भने स्थायी कमिटी बैठकको निर्णयका आधारमा पुरै टिम हटाएर नयाँ टोली पठाउनु पर्ने बताउदै आएका छन् । अध्यक्षद्वयबीचका पटक पटकका भेटवार्तामा सहमति भने हुन सकेको छैन ।

प्रकाशित समय २०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation