गृहपृष्ठ मेचीनगर प्रमुख आचार्यलाई कोरोना सङ्क्रमण
मेचीनगर प्रमुख आचार्यलाई कोरोना सङ्क्रमण
मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनिलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए।
उनि घरकै आइसोलेसनमा बसेका थिए । यस अघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना सङ्क्रमण भएको थियो । यसैबीच, राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य दयाराम दाहाल कोभिड–१९ को सङ्क्रमणबाट मुक्त भएका थिए । असोज १६ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनि भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका थिए ।
प्रकाशित समय ०८:३२ बजे















