DG Creation

गृहपृष्ठ अचम्मले ग्यास सिलिण्डर बिस्फोट, ११ जना घाइते (भिडियाेसहित)

अचम्मले ग्यास सिलिण्डर बिस्फोट, ११ जना घाइते (भिडियाेसहित)

काठमाडौँको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।

काठमाडौं महानगरपालिका–१६ नयाँबजारको फलफूल चोकमा बिहिबार बिहान करिव ११ बजेर ५० मिनेटमा ग्यास सिलिण्डर बिस्फोट हुदा ११ जना घाइते भएका हुन् ।

घाइतेहरुको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्थानीय निलकुमारी क्षेत्रीको घरमा ग्यास बाल्ने क्रममा ग्याल सिलिण्डर बिस्फोट भएको थियो । ग्यास सिलिण्डर विस्फोट भएको क्षेत्रीको घरमा उहाँका पतिको बुधबार

मात्र मृत्यु भएको थियो । उक्त घरमा क्षेत्रीको परिवार किरिया बसेका थिए ।

ग्यास सिलिण्डर पड्किदा बम विस्फोट भएजस्तो ठूलो आवज आएको स्थानीयले बताएका छन् । घटनापछि घाइतेहरुलाई प्रहरीले अस्पतालमा लगेको स्थानीले बताएका छन् ।

ग्यास सिलिण्डर विस्फोट हुँदाग्यास सिलिण्डर विस्फोट भएको घरको भौतिक संरचनामा क्षति पुगेको छ ।

यस्तै वरपरका अन्य केही घरमा समेत क्षती पुगेको छ । चारतले घरको दोस्रो तलामा ग्यास चुहिएपछि विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय २१:४० बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation