गृहपृष्ठ सहकारी छानबिन समितिको टुंगो लाग्यो, कुन दलबाट को सांसद ?
सहकारी छानबिन समितिको टुंगो लाग्यो, कुन दलबाट को सांसद ?
सहकारीको रकम अपचलन प्रकरणमा संसदीय छानबिन समिति गठन हुने भएको छ। सहकारीको रकम अपचलन प्रकरणमा छानबिन गर्न बन्ने संसदीय समितिका सदस्यहरूको नाम टुंगो लागेको हो ।
संसदीय समिति सात सदस्यीय बनाउने दलहरूबीच सहमति भएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट सांसदहरू बद्री पाण्डे र ईश्वरी न्यौपाने सदस्य रहने छन्।
सत्तारूढ नेकपा एमालेबाट सांसदहरू सूर्य थापा र सरिता भुसाल रहने छन्।
यस्तै नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहने छन्।
मंगलबार साँझ बस्ने प्रतिनिधि सभा बैठकबाट संसदीय छानबिन समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत भई पारित गर्ने कार्यसूची छ।
प्रकाशित समय २२:२४ बजे















