DG Creation

गृहपृष्ठ सरकारले स्वीकृति दिएको सिंगापुर भ्रमणमा काठमाडौँका मेयर बालेन नजाने

सरकारले स्वीकृति दिएको सिंगापुर भ्रमणमा काठमाडौँका मेयर बालेन नजाने

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंगापुर भ्रमण स्थगित गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकले भ्रमणको लागि स्वीकृती दिइसकेपछि बालेनले भ्रमण रद्द गरेका हुन् ।

२० देखि २२ जेठसम्म सिंगापुरमा हुन लागेको नवौं वर्ल्ड सिटी समिटमा भाग लिनका लागि बालेनले मन्त्रिपरिषद्को स्वीकृति माग गरेका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले उनको भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

तर मेयर बालेनले भने नजाने निर्णय लिएका छन् । ‘बजेट आउने बेला भयो, अहिले कार्यव्यस्तताले भिजिट क्यान्सिल गरेका हौं । यो पटक सिटी समिटमा महानगरबाट कोही पनि जाँदैनन्,’ बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।

प्रकाशित समय १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation