DG Creation

गृहपृष्ठ सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन

सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन

Buss-candles khabar

सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाइने भएको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री र्‍याम्प (सिँढी) राख्न निर्देशन दिएको हो ।

सार्वजनिक यातायातलाई अपाङ्ग र अशक्तमैत्री बनाउन सार्वजनिक बसमा एक महिनाभित्र र्‍याम्प (सिँढी) राख्न सम्बन्धित मन्त्रालयबाट यातायात व्यवसायी सम्बद्ध सङ्घ/संस्थाहरूलाई निर्देशन गर्नका लागि यही जेठ १७ गते सचिवस्तरीय निर्णय गरी पत्रचार गरिएको जनाइएको छ ।

अपाङ्गता भएका तथा अशक्त व्यक्तिहरुलाई आवागमनमा सहज होस् भन्नका लागि सार्वजनिक बस मा अनिवार्य अपाङ्गतामैत्री र्‍याम्प राख्न निर्देशन दिइएको गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परिवार तथा राज्यबाट नै विशेष हेरचाह आवश्यक पर्ने अपाङ्ग र अशक्त भएका व्यक्तिहरुलाई सार्वजनिक यातायातमा सहज होस् भनेर यो निर्णय गरिएको हो ।”

समाज तथा राज्यले समेत विशेष प्राथमिकतामा राख्नुपर्ने भन्दै हरेक क्षेत्रबाट यसैगरी उनीहरुलाई सहज हुने वातावरण सिर्जना गर्दै जानुपर्ने गृह सचिव अर्यालको भनाइ छ ।

प्रकाशित समय ०६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation