गृहपृष्ठ मधेशको मुख्यमन्त्रीका लागि महेश यादवलाई कसरी पछार्न सफल भए सतिश सिंह ?
मधेशको मुख्यमन्त्रीका लागि महेश यादवलाई कसरी पछार्न सफल भए सतिश सिंह ?
जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई अघि सार्ने निर्णय भएको छ। बिहीबार बसेको पार्टीको बैठकले मुख्यमन्त्रीमा सिंहलाई अघि सार्ने निर्णय गरेको राष्ट्रिय सचिव बीपी साहले जानकारी दिए।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि बुधबारबाट पदमुक्त भएका छन्। लगत्तै प्रदेश प्रमुख सुमित्रा भण्डारीले भोलि (शुक्रबार) १० बजेसम्म समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।
‘हाम्रो पार्टीबाट मधेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई अघि सार्ने निर्णय भएको छ,’ उनले भने।
नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही साना दलको समेत गरी ५६ जनाको समर्थनमा जनमतले मुख्यमन्त्री दाबी गर्दैछ।
प्रकाशित समय १२:४४ बजे














