DG Creation

गृहपृष्ठ जनकपुरधाममा सिसिटिभी जडान

जनकपुरधाममा सिसिटिभी जडान

मधेस प्रदेश राजधानी जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न स्थानमा सिसिटिभी जडान गरिएका छन् ।

सुरक्षा व्यवस्था थप चुस्त बनाउन हालसम्म जनकपुरधामका वडा नं २ मा २० र वडा नं ३ मा १० वटा सिसिटिभी जडान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिकाले सिसिटिभी जडानका लागि वडा नं २ मा रु १० लाख र वडा नं ३ मा रु पाँच लाख बजेट छुट्याइएको थियो ।

सिसिटिभी जडानले आपराधिक घटनाको न्यूनीकरण तथा अपराधीको पहिचानमा सहयोग पुग्ने धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।

प्रकाशित समय ०७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation