DG Creation

गृहपृष्ठ मधेस सरकारबाट बाहिरिँदै माओवादी केन्द्र र एकीकृत समाजवादी

मधेस सरकारबाट बाहिरिँदै माओवादी केन्द्र र एकीकृत समाजवादी

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी आज मधेस प्रदेश सरकारबाट बाहिरिने भएका छन् । मुख्यमन्त्री शतिस सिंहलाई सयुक्त रुपमा राजीनामा बुझाएर सरकारबाट बाहिरिने तयारी गरेका हुन् ।

केन्द्रमा भएको सत्ता समीकरण फेरबदलका कारणले माओवादी र एकीकृत समाजवादीले शनिबार सरकारबाट बाहिरिन लागेका हुन् ।

माओवादीको तर्फबाट खेलकुद मन्त्री बनेका युवराज भट्टराई (समीर) ले आजै सरकारबाट बाहिरिने तयारी गरेको बताए । माओवादी र एकीकृत समाजवादी सयुक्त रुपमा राजीनामा दिँदै सरकारबाट बाहिरिन लागेको उनले बताए ।

गएको जेठ २५ गते माओवादी र एकीकृत समाजवादीसहित ६ दलको समर्थनमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले जनमत पार्टीका शतिस सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि त्यसको सिधा असर मधेस सरकारमा परेको हो ।

प्रदेश सभामा माओवादीको ९ र एकीकृत समाजवादीको ७ जना प्रदेश सांसद छन् । उनीहरुले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएका छन् । तर एमाले र कांग्रेसले भने मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने भएका छन् ।

प्रकाशित समय ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation