गृहपृष्ठ रामहरी खतिवडाको पहलमा भुवन श्रेष्ठ र पहलमान मगरलाई उद्धार
रामहरी खतिवडाको पहलमा भुवन श्रेष्ठ र पहलमान मगरलाई उद्धार
राज्य व्यवस्था समितिका सभापति तथा प्रतिनिधिसभा सदस्य रामहरी खतिवडाको पहलमा दुइ नेपाली भुवन श्रेष्ठ रपहलमान मगरलाई दुबइ सरकारले मृत्युदण्ड दिनबाट बचाएर नेपाल ल्याएका छन् ।
ओखलढुङगा, चिशंखुगढी– ३ का भुवन श्रेष्ठ र धादिङका पहलमान मगरले दुबइमा बस्दै आएका आफ्नो साथिलाइ उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै दुःखद् निधन भयको र यहि केसमा केही समय पहिले दुबइ सरकारले निजहरु भुवन श्रेष्ठ र पहलमान मगरले मृतकका परिवारलाई ५० लाख ब्लड मनि नबुझाए मृत्युदण्ड दिने भनेर फौसला गरेको थियो ।
यी निर्दोश साथीहरूको बचाउका लागि नेपाली काङ्ग्रेस ओखल्ढुङ्गाका नेता टेकराज भट्टराईले अभियाननै चलाउनु भएको थियो भने राजकुमार ढुङ्गाना लगायतका नेता साथीहरू पनि यो अभियानमा जोडिनु भएको थियो । यसै क्रममा म धादिङका माननीयहरु लगायतले आ(आफ्नो ठाउँबाट पहल्कदमी गरिनै रहयौ । यसै क्रममा मिडिया, देश बिदेशमा रहनु भएका थुप्रै ब्यक्तिहरुले रकम संकलनमा सहयोग गर्नु भयको थियो । फलस्वरुप ओखलढुंगाका भुवन श्रेष्ठ काठमाडौ आइपुगेका छन् भने प्राबिधिक कारणले अबको एकदुइ दिनमा पहलमान मगर पनि काठमाडौ आउदैछन् ।
प्रकाशित समय १९:३८ बजे














