गृहपृष्ठ एकजुट भएर सहकार्य गर्दा विपद प्रतिकार्यमा उपलब्धि हासिल गर्न सकिन्छ -महानगरप्रमुख महर्जन
एकजुट भएर सहकार्य गर्दा विपद प्रतिकार्यमा उपलब्धि हासिल गर्न सकिन्छ -महानगरप्रमुख महर्जन
ललितपुर, १८ जेठ : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सबै एकजुट भएर सहकार्य गर्दा विपद प्रतिकार्यमा उपलब्धि हासिल गर्न सकिन्छ भन्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय जोखिम न्युनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणको आयोजना तथा ललितपुर महानगरपालिकाको समन्वय र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको सहकार्यमा ललितपुर नगरप्रहरी बलको कार्यालयमा भएको विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शनिबार आयोजित समापन समारोहमा मन्तव्य राख्नुहुँदै प्रमुख महर्जनले विपद कहिले आउँछ भन्ने थाहा हुँदैन भन्दै निरन्तर अभ्यास र विपद प्रतिकार्यको तयारीले विपदबाट हुने जोखिम न्युनिकरण गर्न सकिन्छ भन्नुभएको हो।
“ललितपुर नगरप्रहरीले एउटा व्राण्ड कायम गरेको छ, यसलाई निरन्तरता दिनुपर्छ, हामीले विपद व्यवस्थापनका लागि नगरप्रहरीलाई स्रोत र साधन सम्पन्न बनाएका छौँ, एउटै छानामुनी विपदसम्बन्धी सबै उपकरणहरुको व्यवस्थापन गरेका छौँ, यो तालिमले झनै ठूलो उपलब्धि हासिल भएको छ, विपद व्यवस्थापनका लागि तपाईंहरुले लिनु भएको तालिमले तपाईंको भविष्यका लागि पनि महत्त्वपूर्ण छ, प्रशिक्षकहरुले दिनुभएको उच्चस्तरको प्रशिक्षण अत्यन्तै उपयोगी छ, तालिम र सिकाई कहिल्यै पनि रोकिँदैन, आगामी दिनमा हामी अझै परिस्कृत गर्छौं ।” प्रमुख महर्जनले भन्नुभयो।
उहाँले प्रत्येक वडाका ३० जनालाई विपद स्वयंसेवकको तालिम दिने व्यवस्थापन गर्छौं भन्ने बताउनुभयो । प्रमुख महर्जनले तालिम लिएका स्वयंसेवकहरुलाई एउटा परिचयपत्र र दिन मिल्नेसम्मको सुविधा हामी दिन तत्पर छौँ भन्दै तालिम लिएपछि त्यसलाई निरन्तर अभ्यास र उपयोग गरिएन भने त्यो सीप खेर जान्छ भन्दै सिकेको ज्ञान र सीपलाई उपयोगी बनाउन आग्रह गर्नुभयो ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण प्राधिकरणका सहसचिव रोशनी श्रेष्ठले तालिमले ज्ञान, सीप र दक्षता अभिबृद्धि गर्ने भन्दै तालिमबाट सिकेको कुरालाई सतप्रतिशत लागू गर्न सक्नुपर्नेमा जोड दिनुभयो। उद्धारकर्ताले पहिला आफ्नो सुरक्षालाई बढि ध्यान दिएर क्रियाशील हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
ललितपुर महानगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक एवम् वडा नं १२ का अध्यक्ष नारायणलाल अवालेले विपद व्यवस्थापनका लागि नगरप्रहरीहरुलाई दिइएको तालिम पहिलो भएको भन्दै आगामी दिनहरूमा यस्ता तालिमलाई निरन्तरता दिने बताउनुभयो । उहाँले नगरप्रहरीको सहयोगमा
तालिमका संयोजक अतिरिक्त प्रहरी महानिरिक्षक ठूले राइले प्रशिक्षार्थीहरुका लागि मात्रै नभई प्रशिक्षकहरुका लागि समेत यो तालिम उपयोगी भएको बताउनुभयो । उहाँले तालिमबाट उद्धारका लागि मात्रै नभई आफू कसरी बच्ने भन्ने बिषयमा पनि महत्त्वपूर्ण सीप हस्तान्तरण भएको धारणा राख्नुभयो।
प्रकाशित समय १३:२३ बजे













