गृहपृष्ठ कारको ठक्करबाट मकवानपुरमा एक जनाको मृत्यु
कारको ठक्करबाट मकवानपुरमा एक जनाको मृत्यु
मकवानपुरको मनहरी–७ बिजौनामा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत मनहरी बिजौनामा कारको ठक्करबाट ५० वर्षीय पुरुषको ज्यान गएको हो । ज्यान गुमाउनेको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
कारको ठक्करबाट घाइते भएका पुरुषको उपचारका क्रममा चुरेहिल हस्पिटल हेटौंडामा ज्यान गएको हो । ठक्कर दिने बा २१ च ६६४२ नम्बरको कार चालकलाई पक्राउ गरिएको पनि रानाले जानकारी दिए।
प्रकाशित समय ०७:४७ बजे














