गृहपृष्ठ पच्चीस हजारमा वडाध्यक्ष धरौटीमा रिहा
पच्चीस हजारमा वडाध्यक्ष धरौटीमा रिहा
महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई आज जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । अदालतले आज वडाध्यक्ष्य नाथलाई रु २५ हजार धरौटीमा रिहा गरेको हो ।
अभद्र व्यवहार गरेका भन्दै ब्रम्देवकी एक महिलाले नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी दर्तापछि अदालतको आदेशमा नाथलाई १० दिन थुनामा राखी अनुसन्धान गरिएको थियो ।
प्रकाशित समय २२:०५ बजे















