DG Creation

गृहपृष्ठ इन्डोनेसियामा बाढी, १६ को मृत्यु २३ बेपत्ता

इन्डोनेसियामा बाढी, १६ को मृत्यु २३ बेपत्ता

indonesia-badi-candles khabar

इन्डोनेसियाको दक्षिणी प्रान्त सुलावेसीमा आएको बाढीमा परी १६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले  जनाएका छन् ।

बाढीका परी अन्य २३ जना बेपत्ता भएका सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ । बेपत्ता व्यक्तिको उद्धार कार्य जारी रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

सुलावेसी प्रान्तको मसाम्बा, रोङ्गकोङ र मेल्ए जिल्लाको नदीहरुका आएको बाढीको कारण त्यहाँका ५ हजार परिवार प्रभावित भएका छन् ।

आइतबार र सोमबार आएको भीषण वर्षाको कारण सो नदीहरुमा  बाढी आएको बताइएको छ ।

कैयौँ भवन, सडक र केही गाउँसमेत बाढीको डुबानमा परेको र सो इलाकामा फसेका व्यक्तिहरूको उद्धार कार्यसमेत कठिन भएको अधिकारीहरूले जनाएका छन्  ।

 

प्रकाशित समय २१:५८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation