गृहपृष्ठ प्रधानन्यायाधीशविरुद्ध महाअभियोग माग्दै साझा पार्टीको विरोध प्रदर्शन
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग माग्दै साझा पार्टीको विरोध प्रदर्शन
श्रीमतीको हत्या गरेर जेल बसेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने फैसलाविरुद्ध साझा पार्टीले तराजुसहित काठमाडौंमा प्रदर्शन गरेको छ ।
सर्वाेच्च अदालतका पछिल्ला विवादित फैसलाको विरोध तथा न्यायपालिकाको समग्र सुधारका पक्षमा साझा पार्टीले शनिबार ललितपुरको बखुण्डोलबाट माइतीघर मण्डलसम्म साझा तराजु यात्रा आयोजना गरेको हो । सवोच्चको त्रुटिपूर्ण निर्णय रद्द गर्नुपर्ने र पिडितलाई न्याय दिनुपर्ने भन्दै प्रदर्शनमा सहभागीहरुले देशमा देखिएको बेतिथि र बिसंगती अन्त्य गर्नुपर्ने आवाज उठाएका थिए । प्रदर्शनमा सहभागीहरुले भ्रष्टहरुलाई सिंहदरबार होइन, जेल हालौ, पिडितलाई न्याय दे , गैरन्यायीक फैसला चाहिदैन, दोषीलाई उन्मुक्ति चाहिदैन लेखेका प्लेकार्ड बोकेका थिए । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने व्यक्तिलाई कारवाही गर्नुपर्ने बताउए । उनले महाअभियोग लगाउनुपर्ने प्रधानन्याधिशलाई नियुक्ती गर्नेलाई नै जनताले महाअभियोग लगाउनुपर्ने धारणा राखेका थिए ।
उहाले अदालतमा राजनीतिक हस्तक्षेप हुदा न्याय र लोकतन्त्र मर्ने बतए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो । सर्वोच्चको फैसलाअनुसार कोइराला बिहीबार छुटेका थिए । सर्वोच्चको उक्त निर्णयको नागरिक स्तरबाटै विरोध भइरहेको छ ।
प्रकाशित समय २२:१८ बजे















