DG Creation

गृहपृष्ठ आज राति थोरै ठाउँमा ठूलो पानी पर्ने

आज राति थोरै ठाउँमा ठूलो पानी पर्ने

Paani-candles khabar

आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज राति देशभरिको मौसम सामान्य बदली भई प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थेरै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् मञ्‍जु बासीकाअनुसार देशका अरु ठाउँमा पनि हल्कादेखि मध्य खालको वर्षाको संभावना छ ।

राति पूर्वबाट ठूलो पानी पार्ने प्रणाली प्रवेश गरेर पश्चिम सर्ने क्रममा भोलि प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको उनले जानकारी दिए ।

आज दिउँसो भने देशभरिको मौसम सामान्य बदली भई देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने उनले बताउनुभयो ।

अहिले भने धेरै ठाउँमा पारिलो घाम लागेको छ । केही ठाउँको मौसम बदली भएको छ ।

प्रकाशित समय १०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation