DG Creation

गृहपृष्ठ कुलमानको पुनर्नियुक्ति हल्ला मात्र तर, जनमत उनैलाई दोहोर्र्याउनुपर्ने

कुलमानको पुनर्नियुक्ति हल्ला मात्र तर, जनमत उनैलाई दोहोर्र्याउनुपर्ने

kulman-candles khabar

मंगलबार साँझ सामाजिक संजाल तथा विभिन्न अनलाइन छापामाध्यममा नेपाल विद्युत प्रधिकरणमा कुलमान घिसिङ्को पुनर्नियुक्ति भएको भन्दै आएका कुराहरु असत्य भएको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।

मंगलबार मन्त्रिपरिषदको बैठकमा यो विषय एजेण्डामा समेत नरहेको बताइएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ ।

उर्जामन्त्रालय स्रोतका अनुसार आजको मन्त्रिपरिषदको बैठकमा कसैकाबारेमा पनि सिफारिश समेत गएको छैन ।

उर्जामन्त्री वर्षमान पुनका अनुसार रिक्त हुदैँ गरेको पदका बारेमा आवेदन खुल्ला गरिएको छ ।

ति मध्यबाट मन्त्रिपरिषदमा सफिारिश भएर पठाउने प्रक्रियामै उर्जामन्त्रालय छ ।

दैनकि १८ घण्टासम्म लोडसेडिङ् भोग्ने गरेको नेपालमा घिसिङ्ले लोडसेडिङ्मुक्त बनाएका थिए ।

अहिले पनि उनैलाई दोहोर्र्याउनुपर्ने जनमत छ ।

प्रकाशित समय २१:०९ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation