DG Creation

गृहपृष्ठ ‘जनयुद्ध’ गायब गरेर नेकपा कार्यदलको प्रतिवेदन तयार

‘जनयुद्ध’ गायब गरेर नेकपा कार्यदलको प्रतिवेदन तयार

Nekapa Chalfal-canldes khabar

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र तत्कालीन नेकपा माओवादीलाई हेर्ने दुईथरी दृष्टिकोण छ ।

पूर्वएमाले विशेषतः प्रधानमन्त्री केपी शर्मा ओली समूह ‘जनयुद्ध’लाई सशस्त्र सङ्घर्ष भन्न रुचाउँछ । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह तुलनात्मक नरम दृष्टिकोण राख्छ । पूर्वमाओवादी केन्द्र समूह आफ्नो अडानमा यथावत छ ।

पूर्वएमालेभित्रको यही दृष्टिकोणका कारण पार्टी एकतापछि ‘जनयुद्ध’ शब्द धेरैपटक विवादमा आयो । दस्तावेजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्ने कि, सशस्त्र सङ्घर्ष राख्ने लामो छलफल नै चल्यो । बहस किनारा नलागिसकेकाले पूर्वएमालेका कतिपय नेता कार्यकर्ता जनयुद्ध दिवसमा सहभागी हुन हिचकिचाउँदै आएका छन् ।

प्रधानमन्त्री ओली त अहिलेसम्म सरिक भएका छैनन् ।

प्रकाशित समय १०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation