गृहपृष्ठ ११२० कोरोना संक्रमित थपिए, १११२ जना डिस्चार्ज
११२० कोरोना संक्रमित थपिए, १११२ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा ११२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
प्रकाशित समय १६:४३ बजे















