DG Creation

गृहपृष्ठ आठ घण्टा लाम बस्दा पनि कृषकले पाएनन् मल

आठ घण्टा लाम बस्दा पनि कृषकले पाएनन् मल

urea-mall-candles khabar

तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आउएका थिए । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेका उनि दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाएनन्।

“मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,” उनले भने,“मल सकिएको पनि होइन, मल छ तर भोलि आउनु भन्छन् ।” मल हुँदाहुँदै पनि ४ः३० बजे नै डिपो बन्द गरेर मल विक्री वितरण रोकेको उनले गुनासो गरे । उनले कसैले ३५-४० किलोसम्म मल पाएपनि कसैले भने रित्तो हात फर्कनुपरेको बताए ।

कलेस्तीकी पूजा कुमाल बिहान ९ः३० बजेदेखि मल लिन लाइनमा बसिन । दिनभर लाइनमा बस्दा पनि उनिले मल पाइनन् । “गाडी चलेको छैन, बिहानभर हिँडेरै दमौली आएर लाइनमा बसियो, तर बेलुका भएपछि भोलि आउनु भनेर पठाए,” कुमालले भनले भनिन् “भोलि पनि आएर पाउने निश्चित छैन ।” केबल १० किलो मलका लागि दिनभर लाइनमा बस्नुपरेपनि नपाएको उनको गुनासो छ । “कोरोनाको जोखिममा भीडभाड गरेर लाइनमा बस्न कसलाई बाध्यता छ र,” कुमालले भन्नुभयो, “धानमा मल हाल्न नपाएर धान कुहिन लागिसक्यो, तर मल खोज्दाखोज्दै हैरान भइयो ।” उनलाई कोरोना भन्दा धान कुहिएला की भन्ने चिन्ता छ । “अलि अलि खेती गरेको धान मल हाल्न नपाएर कुहियो भने के खाने रु,” उनले प्रश्न गरिन ।

कलेस्तीकै जौमाया कुमालले दिनभर भोकभोकै लाइनमा बसेपनि मल नपाएपछि रित्तै हात घर फर्कनुपरेको बताउनुभयो । चिनेका मान्छेलाई जतिबेला पनि मल दिएको तर आफूहरुले भने नपाएको उनको गुनासो छ । साँगेका विवि राईले चाहिएको बेला मल नपाएपछि कृषि पेशाप्रति नै आकर्षण घट्न सक्ने बताउनुभयो । “भन्नलाई कृषिप्रधान देश भनिन्छ तर चाहिएको बेला मल पाइँदैन, एक रोपनी क्षेत्रफलमा धान खेती गरेको छु । धेरै चोटी प्रयास गरे तर मल पाउन सकिन,” उनले भनिन् ।

प्रमुख जिल्ला अधिकारी आचार्यको आश्वासनपछि पुनः डिपोमा पुगेका कृषकले मल पाएनन् । त्यसबीचमा डिपोका प्रतिनिधिहरु डिपो बन्द गरेर हिँडिसकेका थिए । नविन उपभोक्ता सहकारी संस्थाका अध्यक्ष र प्रतिनिधिलाई सम्पर्क गर्न खोजेपनि फोन उठेन ।

प्रकाशित समय १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation