गृहपृष्ठ बेहोस हुने अवस्था आएमात्रै अस्पताल जानू : स्वास्थ्य मन्त्रालय
बेहोस हुने अवस्था आएमात्रै अस्पताल जानू : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई बेहोस भएमा वा बेहोस हुन लागेमा तथा श्वास फेर्न गाह्रो भएमा मात्र अस्पताल आउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कुनै पनि बिरामीलाई सास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला जस्तो भएमा पिसाब नभएमा वा कम भएमा मात्र अस्पताल जान भनेका हुन् । उनले भने, “सामान्य ज्वरो र रुघाखोकी लाग्दैमा अस्पताल जाने क्रम बढेको हुँदा सास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला जस्तो भएमा पिसाब नभएमा वा कम भएमा मात्र अस्पताल जान अनुरोध छ ।”
उनका अनुसार कोरोना संक्रमण बढेसँगै बेडको अभाव हुन थालेको छ ।
प्रकाशित समय ०६:२१ बजे















