DG Creation

गृहपृष्ठ यातायात व्यावसायीको रुटपरमिट खारेज गर्ने निर्णय

यातायात व्यावसायीको रुटपरमिट खारेज गर्ने निर्णय

Buss-candles khabar

सरकारले गैरनाफामूलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय गरेको छ । गैरनाफामूलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गरिने भएको छ ।

बिहीबार गृहमन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित दुई मन्त्रालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

केही यातायात कम्पनीले पुरानै यातायात समितिको सिण्डिकेटलाई निरन्तरता दिने गरी गैरनाफामूलक कम्पनी र एकल स्वामित्वमा रहनेगरी यातायात कम्पनी खोलेको गुनासोपछि त्यस्ता कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

प्रकाशित समय २२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation