गृहपृष्ठ गणेशमान बाटिकालाई सहयोग गर्छौ: मुख्यमन्त्री जम्कट्टेल
गणेशमान बाटिकालाई सहयोग गर्छौ: मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भक्तपुर सूर्यविनायक नगरपालिका-५ मा स्थापना गरिएको गणेशमान बाटिकालाई प्रदेश सरकारबाट सहयोग प्राप्त हुने बताउनुभएको छ ।
आज मुख्यमन्त्री कार्यालयमा स्व गणेशमान स्मृति प्रतिष्ठानका सभापति माथवरसिंह बस्नेतसँगको भेटमा मुख्यमन्त्री जम्कट्टेलले बाटिकालाई आगामी आर्थिक वर्षको बजेटमा बजेट विनियोजन गरिने बताउनुभएको हो । प्रदेश सरकारले उक्त बाटिकाको लागि चालु आवको बजेटमा बजेट विनियोजन गरेको थियो ।
प्रकाशित समय २३:१९ बजे














