DG Creation

गृहपृष्ठ उच्च मनोवलका साथ काम गर्न प्रहरीलाई मुख्यमन्त्री कार्कीको निर्देशन

उच्च मनोवलका साथ काम गर्न प्रहरीलाई मुख्यमन्त्री कार्कीको निर्देशन

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उच्च मनोबलका साथ जनताको सुरक्षा गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।

प्रदेश प्रहरी कार्यालय निरीक्षणको क्रममा आज उहाँले प्रदेश सरकारले नागरिकको सुरक्षाप्रति जिम्मेवारी वहन गर्न प्रहरीलाई आवश्यक तालिम र स्रोतसाधनले पूर्ण बनाउने बताउनुभयो ।  मुख्यमन्त्री कार्कीले प्रहरीका लागि आवश्यक उपकरण, सवारीसाधन, भवन निर्माणलाई निरन्तरता दिने बताउनुभयो ।

उहाँले विश्वमा नेपाल सुरक्षित भएको सन्देश प्रवाहको मुख्य श्रेय नेपाल प्रहरीलाई जाने बताउँदै जनतालाई शान्ति सुरक्षाको अनुभूति गराउन जिम्मेवारीका साथ लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले तीनै तहको समन्वयमा प्रहरीलाई आम नागरिकसम्म स्थापित गर्दै जाने नीति रहेको स्पष्ट पार्नु भयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सीमित स्रोतसाधनको उपलव्धताबाट प्रहरीले  नागरिकलाई   शान्ति सुरक्षा उपलव्ध गराउन सफल भएको बताउनु भयो । प्रमुख सचिव केदारनाथ शर्मा र प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले नागरिकको शान्ति सुरक्षानै मुख्य कार्य भएको धारणा राख्नुभयो ।

प्रकाशित समय २१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation