गृहपृष्ठ विधेयकलाई छिट्टै निष्कर्षमा पुर्याउन प्रयत्न भइरहेको छः मन्त्री गिरी
विधेयकलाई छिट्टै निष्कर्षमा पुर्याउन प्रयत्न भइरहेको छः मन्त्री गिरी
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पद्म गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन परेका मन्त्रालयसँग छलफल गरी निष्कर्षमा पुर्याउन प्रयत्न गरिरहेको बताउनुभएको छ ।
आज कानुन मन्त्रालयमा भएको छलफलका क्रममा मन्त्री गिरीले उक्त विधेयकमाथि सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्मा, श्रम तथा रोजगारमन्त्री डोलप्रसाद अर्याल, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री शक्ति बस्नेत, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र खानेपानीमन्त्री राजेन्द्रकुमार राईसँग छलफल गर्नुभयो ।
बैठकमा कानुनमन्त्री गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफल गरी सहमति जुटाउने प्रयासमा रहेको बताउनुभयो । “संसद्को समितिमा यस विषयमा छलफल हुने क्रममा सांसदका बीचमा भएको सहमतिका आधारमा अघि बढिसकेको अवस्था छ”, मन्त्री गिरीले भन्नुभयो, “सहमति जुटन नसकेको विषयमा छलफल गर्न सम्बन्धित मन्त्रालयका सचिव, मन्त्रीहरू र मन्त्रालयका प्रतिनिधिलाई बोलाएर छलफल गरेका छौँ ।”
विभिन्न १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकमा संसद्को समितिमा सहमति जुटिनसकेकाले मन्त्री गिरीले आज सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग छुट्टाछुट्टै छलफल गर्नुभएको हो ।
प्रकाशित समय २१:२२ बजे















