DG Creation

गृहपृष्ठ काठमाडौँका यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने

काठमाडौँका यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने

bijuli-poll-candles khabar

नेपाल बिद्युत् प्राधिकरणले वितरण लाइन भूमिगत कार्य भइरहेकोले काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै आइतबारदेखि कीर्तिपुर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य सुरु हुने बताएको हो ।

यी फिडरहरू अन्तर्गत विभिन्न स्थानहरूमा फरक फरक दिन बिहान ११ बजेदेखि दिउँसो ३:०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणको भनाइ छ ।

bikuli

प्रकाशित समय ०८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation