गृहपृष्ठ रवि लामिछाने पक्राउ नपर्ने
रवि लामिछाने पक्राउ नपर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ । बाहिर आइरहेका कुराहरु हल्ला मात्रै भएको प्रहरी उच्च स्रोतले बतायो ।
‘छविलालजीलाई जरुरी पक्राउ पूर्जि दिएर पक्राउ गरिएको हो । रविजीलाई आज पक्राउ गर्ने कुनै पनि तयारी थिएन । बाहिर आएका समाचारहरु असत्य हुन्,’ स्रोतले भन्यो ।
रविलाई पक्राउ गर्ने तयारी भने छ । जिल्ला अदालत पोखराबाट पक्राउ पूर्जि लिएर पक्राउ गरिने स्रोतले बतायो ।
प्रकाशित समय २०:२५ बजे














