गृहपृष्ठ राज्य व्यवस्था तथा सुशासन समिति सभापति मा. रामहरी खतिवडा र बेलायती राजदूत रोव फेनबीच भेटवार्ता
राज्य व्यवस्था तथा सुशासन समिति सभापति मा. रामहरी खतिवडा र बेलायती राजदूत रोव फेनबीच भेटवार्ता
राज्य व्यवस्था तथा सुशासन समिति सभापति मा। रामहरी खतिवडा र बेलायती राजदूत रोव फेनबीच भेटवार्ता
काठमाडौं – राज्य व्यवस्था तथा सुशासन समिति सभापति माननीय रामहरी खतिवडा र नेपालका लागि बेलायती राजदूत रोव फेनबीच आज भेटवार्ता सम्पन्न भएको छ।
भेटघाटका क्रममा नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय साझेदारीका विविध पक्षहरूमा छलफल भएको थियो। राजदूत फेनले समितिमा छलफल भई पारित भएको निजामती सेवा विधेयक तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकप्रति सराहना व्यक्त गर्दै समितिलाई बधाई ज्ञापन गर्नुभयो।
उहाँले समितिमा हाल छलफलमा रहेको सुरक्षा निकायसम्बन्धी विधेयकप्रति चासो व्यक्त गर्नुभयो। साथै, नेपाल प्रहरी र बेलायती प्रहरीबीचको सहकार्य अझ सुदृढ गर्न सकिने विषयमा समेत सुझाव दिनुभयो।
भेटवार्तामा नेपाल र बेलायतबीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा गहन छलफल भएको थियो।
प्रकाशित समय १३:०२ बजे













