DG Creation

गृहपृष्ठ विश्व वातावरण दिवसका अवसरमा विभिन्न स्थानमा वृक्षरोपण (फोटोफिचर)

विश्व वातावरण दिवसका अवसरमा विभिन्न स्थानमा वृक्षरोपण (फोटोफिचर)

राष्ट्रपति रामचन्द्र पौडेल विश्व वातावरण दिवसका अवसरमा बुधबार राष्ट्रपति भवन शीतलनिवास परिसरमा वृक्षरोपण गर्दै

राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवास परिसरमा वृक्षरोपण गर्नु भएपछि बिरुवामा पानी हाल्दै।

उपराष्ट्रपति रामसहायप्रसाद यादव राष्ट्रपति भवन शीतलनिवास परिसरमा वृक्षरोपण गर्दै ।

सभामुख देवराज घिमिरे राष्ट्रपति भवन शीतलनिवास परिसरमा वृक्षरोपणपश्चात बिरुवामा पानी हाल्दै ।

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल  राष्ट्रपति भवन शीतलनिवास परिसरमा वृक्षरोपण गर्दै ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ राष्ट्रपति भवन शीतलनिवास परिसरमा वृक्षरोपणपश्चात बिरुवामा पानी हाल्दै ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव  ललितपुर महानगरपालिका र भारतीय राजदुतावासको संयुक्त आयोजनामा ललितपुरको गुसिङ्गगालस्थित बागमती किनारमा वृक्षरोपण गर्दै ।

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी ललितपुर महानगरपालिका र भारतीय राजदुतावासको संयुक्त आयोजनामा ललितपुरको गुसिङ्गगालस्थित बागमती किनारमा वृक्षरोपण गर्दै ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी धनगढी उपमहानगरपालिका–७ देबरिया वनस्पती उद्यानमा वृक्षरोपण गरेपछि बिरुवामा पानी हाल्दै ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल  चितवनको भरतपुर वाइपास सडकमा वृक्षरोपणपछि बिरुवामा पानी हाल्दै ।

तनहुँको व्यास नगरपालिका-३ स्थित पञ्चायन मन्दिर परिसरमा वृक्षरोपण गरिँदै ।

मध्यपुर थिमिस्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शङ्खधर चोकस्थित वनदेवी परिसरमा वृक्षरोपण गर्दै विद्यार्थी । 

सर्लाहीको हरिवन नगरपालिका–५ स्थित लखन्देही खोला परिसरमा रोप्नका लागि लगिएको फलफूलको बिरुवा । आज यहाँ एक हजार ७०० बिरुवा रोपिएको छ ।

प्रकाशित समय १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation