गृहपृष्ठ मंसिरभित्रै १५ औं महाधिवेशन प्रारम्भ गर्न नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा ध्यानाकर्षणपत्र
मंसिरभित्रै १५ औं महाधिवेशन प्रारम्भ गर्न नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा ध्यानाकर्षणपत्र
ललितपुर, २८ कातिक: मंसीर महिनाभित्र १५ औं महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागु गर्न नेपाली कांग्रेसका २५ जना केन्द्रीय सदस्यले पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गराएका छन् ।
पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणासहितका २५ जना केन्द्रीय सदस्यहरुले आज शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेर १५औं महाधिवेशन सम्पन्न गर्न समयसिमा निर्धारण गरेर क्रियाशिल सदस्यता नविकरण र नयाँ क्रियासिल सदस्यता वितरण कार्य सम्पन्न गर्नका साथै आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मंसीर महिनाभित्र १५ औं महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्न ध्यानाकर्षण पत्र दर्ता गराएका हुन्।
ध्यानाकर्षण पत्रदर्ता पश्चात प्रतिक्रिया दिनुहुँदै पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले पार्टीलाई विधि र पद्धति अनुसार सञ्चालन गर्दै जनविश्वास जित्नेगरी अगाडि बढ्न मध्यमार्गी बाटोका लागि ध्यानाकर्षण पत्र दर्ता गराएको बताउनुभयो।
” यो हामीले मध्यमार्गी बाटो अपनाएर अहिको समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हौं, यो दवाव हैन, धारणा हो,हामी पार्टीलाई एकवद्ध गराउन मध्यमार्गी बाटो खोजेका हौं, मध्यमार्गी बाटो लिनुपर्छ र अधिकाँश साथीहरूले जटिल अवस्था निम्त्याउनु हुँदैन भनेर धारणा राख्नुभएको छ, विशेष महाधिवेशन गर्दा जन्जालमा फस्छौं,
मंसिर २९ अगावै १५ ओैं महाधिवेशनको सुरुवात गर्नुपर्ने धारणा राखेका छौँ।” उहाँले भन्नुभयो।
केन्द्रीय सदस्य राणाले नेपाली कांग्रेस भनेको हामी केन्द्रीय समितिका मात्रै हैनौं भन्दै धेरै क्रियाशील सदस्यहरु, पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरुको समेत लगानी, मेहनत र अथक प्रयासले पार्टी जीवन्त रहेको धारणा राख्नुभयो।
“अहिले पार्टीमा विशेष महाधिवेशन र नियमित महाधिवेशन गरेर दुई धार आएका छन्, यी दुई धार बाहेक पनि हामीसंग धेरै विकल्प छैन ,महाधिवेशनको बाटो तय गर्नुपर्छ, चुनाव अघि हामीसँग धेरै समय छैन, घोषणापत्र र पार्टीको अवधारणा तय पनि गर्नुपर्छ, त्यसका लागि समयबद्ध रुपम काम गर्नुपर्छ।” उहाँले भन्नुभयो।
कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाइएको ध्यानाकर्षणपत्रमा केन्द्रीय सदस्य एवम् पूर्वअर्थराज्यमन्त्री राणासहित केन्द्रीय सदस्यहरु राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुन प्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङ्गेलु शेर्पा, डाक्टर डिला संग्रौला, नानु बाँस्तोला, धना खतिवडा, अब्दुल रज्जक, देवेन्द्रराज कण्डेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सतार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का र नारायणबहादुर कार्कीले हस्ताक्षर गर्नुभएको छ। बुझाइएको ध्यानाकर्षणपत्रको दर्ता नं. १०३ रहेको केन्द्रीय सदस्य राणाले जानकारी गराउनुभयो।
~ यस्तो छ पार्टीको केन्द्रीय कार्यालय सानेपमा दर्ता गराइएको ध्यानाकर्षण पत्र ~
आदरणीय कार्यवाहक सभापतिज्यू,
नेपाली काँग्रेस केन्द्रीय कार्यालय,
सानेपा, ललितपुर ।
विषय: १५ औं महाधिवेशनको सम्बन्धमा ।
गत भादौं २३ गते भ्रष्टाचारको अन्त्य, सुशासन कायम गर्नुपर्ने र सामाजिक सञ्जाल माथि लगाईएको प्रतिबन्ध खुल्ला गर्नुपर्ने लगायतका मागहरु राखी प्रदर्शनमा उत्रिएका जेनजी पुष्ताको आन्दोलनमा कैयन प्रदर्शनकारी युवाहरुले ज्यान गुमाउनु प¥यो, कैयन युवाहरु घाईते भए । यसपछि दोश्रो दिन भादौं २४ गते विभिन्न स्वार्थ समूहको घुषपैठले मुलुकको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबार, न्यायालय, सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय क्षेत्र, शुरक्षा निकायहरु, ब्यावसायिक तथा निजी क्षेत्रहरु एवम् विभिन्न राजनैतिक दलका नेताहरुका घर र राजनैतिक दलका पार्टी कार्यालयहरुमा लुटपाट, तोडफोड एवम् आगजनी गरी अमानविय एवम् क्रुर ब्यवहार प्रदर्शनकारीहरुबाट गरियो । नेपाली कांग्रेसका सभापति आदरणीय श्री शेर बहादुर देउवाज्यूको निवासमा उहाँ र उहाँकी धर्मपत्नी, पार्टीको केन्द्रीय सदस्य तत्कालीन परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा माथि सांघातिक हमला र अमानविय ब्यवहार गरियो, यो घट्नाको घोर निन्दा एवम् भत्सर्ना गर्दै प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरु प्रति भावपूर्ण श्रद्दान्जली ब्यक्त गर्दै सम्पूर्ण घाईतेहरुको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं । साथै भादौं २३ र २४ गते भएको घट्नाको निश्पक्ष छानबिन गरी अपराधिक कार्यमा संलग्न सबैलाई कानुन्को दायरामा ल्याई कारबाही गर्न माग गर्दछौं ।
जेन जी आन्दोलनबाट जननिर्वाचित संसदको असंबैधानिक विघटन र सरकारको गठन पश्चात विकसित अनअपेक्षित राजनैतिक घट्नाक्रमले राजनैतिक दलहरुमा पनि अन्योलता देखिन्छ । तर, नेपालको हरके संकटको बेला नेपाली कांग्रेसले खेलेको नेतृत्वदायि भुमिका ईतिहासले पुनः एकपटक नेपाली कांग्रेसको काँधमा सुम्पेको छ । आजको गम्भिर र कठीन परिस्थितिको सामना नेपाली कांग्रेको वैचारिक स्पस्टता र सांगठनिक एकताबाट मात्र सम्भव छ र जारी केन्द्रीय समितिले यो भावनालाई सम्बोधन गर्नेछ भन्ने हामीले विश्वास लिएका छौंं । जारी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले नेपाली कांग्रेसलाई आजको परिस्थितिको सामना गर्न सक्ने बैचारिक स्पष्टता र सांगठनिक एकताले मात्र सम्भव छ भन्ने जारी बैठकको पहिलो दिन अशोज २८ गते आदरणीय सभापतिज्युको मन्तब्यमा नै नेपाली कांग्रेसको एकता आजको आवश्यक्ता, वर्तमान अवस्थामा ब्यक्तिगत वा गुटगत स्वार्थलाई थाती राखरे एकताबद्ध हुन र आगामी १५औं महाधिवेशन बैधानिक ब्यवस्था अनुसार गर्न निर्देशनात्मक मन्तब्य समेत दिनु भएको सन्भर्दमा नेपालीजनको अपेक्षा पूरा गर्दै लोकतान्त्रीक ब्यबस्थालाई मजबुत बनाउन सकिन्छ भन्ने विश्वास ब्यक्त गर्दै यस जारी केन्द्रीय समितिको बैठकबाट निम्न बमोजिमका निर्णयले ईतिहासले सुम्पेको जिम्मेवारी पुरा गर्न सकिन्छ भन्ने विश्वासका साथ हामी केन्द्रीय सदस्यहरुले सामुहिक रुपमा हाम्रो बिचार पेश गरेका छौं ।
१. १५औं महाधिवेशन सम्पन्न गर्न पहिलो खुड्किलो क्रियाशिल सदस्यता नविकरण र नयाँ क्रियासिल सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समयसिमा निर्धारण गरेर क्रियासिल सदस्यता टुङग्याउनु पर्ने ।
२ . आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मंसीर महिनाभित्र १५ औं महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्ने ।
३. वर्तमान अवस्थालाई मध्यनजरगरी युवा पुस्ताहरुको समेत उल्लेखनीय प्रतिनिधित्वको सुिनश्चितता हुने गरी बिधानमा संसोधन गर्नुपर्ने ।
४. हालसम्म पनि पार्टीको आन्तरीक निर्वाचन समितिले पुर्णता नपाएको हुँदा अभिलम्ब निर्वाचन समिति बिस्तार गरी पुर्णता दिनु पर्ने ।
५. आगामी १५औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिबासी जनजाती, थारु, मधेशी, मुश्लीम, पिछडा क्षेत्र र वर्ग एवम् अपांगता भएकाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने ।
६. अब हुने स्थानीय, प्रदेश र संघिय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने ।
७. संबिधान संसोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म ब्यापक सम्बाद चलाई स्पष्ट दृष्टिकोण सहित पार्टीको अवधारण निर्माण गर्ने ।
प्रकाशित समय १९:५५ बजे










