DG Creation

गृहपृष्ठ बार्सिलोनाको मार्टिनेज भित्र्याउने योजना अवरुद्ध

बार्सिलोनाको मार्टिनेज भित्र्याउने योजना अवरुद्ध

martinez-candles khabar

क्याटलान क्लब बार्सिलोनाले इन्टर मिलानका फरवार्ड लाउराटो मार्टिनेजलाई भित्राउन योजना अहिले अघि बढ्न सकेको छैन । गत सिजनदेखि नै बार्सिलोनाले नयाँ सिजनका लागि मार्टिनेजलाई सबैभन्दा प्राथमिकतामा राखिएको बताइएको छ ।

केहि दिन अघिसम्म पनि काटलान क्लबले अर्जेन्टिना फरवार्डका लागि प्रस्ताव अघि बढाएका थियो । बार्सिलोना र मार्जिनेजका प्रतिनिधिबीच छलफल भएको बताइएको थियो । इन्टरले मार्टिनेजका लागि १ सय मिलियन युरो भन्दा कम माग गरेको बताइएको छ ।

मार्टिनेज आफै पनि बार्सिलोनाबाट खेल्नका लागि इच्छुक देखिएका छन् । बार्सिलोनामै रहेका केहि खेलाडीको भविष्यको टुंगो नलागेका कारण पनि मार्टिनेजको विषय अघि बढ्न नसकेको अनुमान गरिएको छ ।

सुआरेज

फरवार्ड लुइस स्वारेजको भविष्य बार्सिलोनामा के हुने अझै निश्चित छैन । यद्दपी प्रशिक्षक रोनाल्ड कोम्यानले भने सुआरेज नयाँ सिजनमा आफ्नो योजनामा नरहेको प्रष्ट पारिसकेका छन् । त्यसका बावजुद ३३ वषै फरवार्ड अहिले पनि बार्सिलोनाको हिस्सा नै छन् । इटालियन सिरिए विजेता युभेन्ट्सले सुआरेजमाथि चासो देखाएपनि त्यसले मुर्तरुप भने लिन सकेन ।

भिडाल

बार्सिलोनाले अर्टुरो भिडालले पनि तत्काल क्लब छाड्ने अपेक्षा गरेको छ । भिडाल इन्टर जाने सम्भावना रहेको बताइन्छ । बार्सिलोनाले भिडाललाई मार्टिनेजको ट्रान्सफरमा जोड्न खोजेपनि इन्टरले त्यसमा चासो देखाएको छैन । बार्सिलोनाको योजनामा नरहेका कारण इन्टर सस्तोमा भिडाललाई अनुबन्ध गर्न चाहिरहेको छ ।

प्रकाशित समय ०९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation