DG Creation

गृहपृष्ठ दिल्लीले सन्दीपलाई छैटौं खेलमा पनि राख्यो बेन्चमै

दिल्लीले सन्दीपलाई छैटौं खेलमा पनि राख्यो बेन्चमै

sandip cpl-candles khabar

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तरगतको २३ औं खेल राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच चलिरहेको छ ।

युएईको शारजाहमा भएको खेलमा राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि दिल्लीले ब्याटिङ गरिरहेको छ ।

राजस्थानले आज टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । तीव्र गतिका बलर एन्ड्र्यू टाई र वरुण आरोनलाई मौका दिएको छ । दिल्लीले भने आज टोलीमा कुनै परिवर्तन गरेको छैन ।

दिल्लीले नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई लगातार छैटौं खेलमा बेन्चमा राखेको छ ।

दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ । राजस्थानले भने ५ खेलमा ३ मा हार र २ मा जित सहित सातौं स्थानमा छ ।

प्रकाशित समय २२:०० बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation