DG Creation

गृहपृष्ठ भलिबलकी पुनमसहित ११ खेलाडी जवानमा बढुवा

भलिबलकी पुनमसहित ११ खेलाडी जवानमा बढुवा

राष्ट्रिय भलिबल टिमकी सदस्य पुनम चन्दसहित ११ जना खेलाडीले नेपाल प्रहरीको सिपाही (जवान) मा बढुवा पाएका छन् ।

विभागीय टिम नेपाल पुलिस क्लबको खेलकुद विभागमा रहेका ११ खेलाडीलाई प्रहरीले सिपाहीमा बढुवा गरेको हो ।

यस अघि कार्यालय सहयोगी र प्रकाशकमा रहेका ११ खेलाडीलाई प्रहरीले जवानमा बढुवा गरेको नेपाल पुलिस क्लबका पूर्व भलिबल खेलाडी तथा खेलकुद समितीका इन्चार्ज भरत शाहले खेलपाटीलाई जानकारी दिए ।

‘बुधबार ११ जनाले जवानमा नाम निकालेका छन् । उनीहरु कार्यलय सहयोगी र प्रकाशकमा रहँदै आएका थिए,’ राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान समेत रहेका शाहले भने ।

बढुवा हुनेमा पुनमसँगै यू–१९ राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर निर्मला उपाध्याय समेत रहेकी छिन् ।

पुनम नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले ऐतिहासिक रजत पदक जित्दा टिममा रहेकी थिइन् ।

यस्तै निर्मलाले राष्ट्रिय फुटबल टिमको प्रतिनिधित्व गर्दे साफ च्याम्पियनसिप र एएफसी यू–१९ फुटबल प्रतियोगितामा सहभागी जनाईसकेकी छिन् ।

फुटबल टिम तर्फबाट निर्मला मात्रै बढुवा भएकी हुन् । यस्तै महिला भलिबलतर्फबाट पुनमसँगै रिता बोहोरा बढुवा भएकी छिन् ।

यस्तै पुरुष भलिबल टिमबाट झमान सिंह दर्जी, सरोज चौलागाई र जलराज पाण्डे जवानमा बढुवा भएका छन् ।

त्यस्तै जुडोका सुदेश डोङ, करातेका लक्ष्मी आले, टेबल टेनिसका रेणु थापा मगर र भारोत्तोलनका बिशाल सिंह विष्ट जवानमा बढुवा भएका छन् ।

प्रकाशित समय २१:५६ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation