DG Creation

गृहपृष्ठ वडा अध्यक्ष कप फुटबलमा फ्रिडम ब्रदर्शलाई उपाधि

वडा अध्यक्ष कप फुटबलमा फ्रिडम ब्रदर्शलाई उपाधि

फ्रिडम ब्रदर्श युनाइटेड ‘ए’ ले तेस्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

चाबहिल खेल मैदानमा भएको फाइनलमा फ्रिडम ‘ए’ ले चाबहिल स्पोर्ट्स क्लब ‘बी’ लाई १–० को झिनो गोलअन्तरले पराजित गर्‍यो । विश्वलाल श्रेष्ठले निर्णायक गोल गरे । उपाधिसँगै फ्रिडम ‘ए’ ले १ लाख नगद पुरस्कार पायो । उपविजेता चाबहिल ‘बी’ ले ५० हजार नगद पुरस्कार हात पार्‍यो ।

काठमाडौं महानगरपालिका–७ द्वारा आयोजित प्रतियोगितामा चाबहिल ‘बी’ का दीपक लामा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । चाबहिल ‘बी’ का पञ्चनारायण महर्जन उत्कृष्ट गोलरक्षक, फ्रिडम ‘ए’ का राजकुमार घिसिङ उत्कृष्ट स्ट्राइकर र फ्रिडम ‘ए’ कै विश्वलाल श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिए । उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ १० गतेदेखि सुरु भएको प्रतियोगितामा २० पुरुष टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक अजब श्रेष्ठले जनाएका छन् ।

प्रकाशित समय ०७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation