DG Creation

गृहपृष्ठ एनपीएलः काठमाडौँविरुद्ध कर्णालीले गुमायो २ विकेट

एनपीएलः काठमाडौँविरुद्ध कर्णालीले गुमायो २ विकेट

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजविरुद्ध कर्णाली याक्सले दोस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको कर्णालीले चौथो ओभरको खेल जारी रहँदा २ विकेट गुमाएर २६ रन बनाएर खेलिरहेको छ।

ओपनर देव खनाल १ रन बनाउँदा करण केसीको बलमा एलबीडब्लु धरापमा परे।

चाडविक वाल्टन २१ रन बनाउँदा गेहार्ड इरासमसको बलमा करण केसीको हातबाट क्याच आउट हुन पुगे।

क्रिजमा शिखर धवन ३ रनमा नटआउट छन्।

प्रकाशित समय ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation