गृहपृष्ठ एसिया कप २०२० रद्द
एसिया कप २०२० रद्द
एसिया कप टि२० क्रिकेट प्रतियोगिता २०२० रद्द हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) का अध्यक्ष सौरभ गांगुलीले एसिया कप २०२० रद्द हुने बुधबार बताएका छन् ।
गांगुलीले विहीबार बस्ने एसियन क्रिकेट काउन्सिल ९एसिसी० को बैठकले सार्वजनिक गर्ने बताएका छन् । एसिया कप २०२० आगमी सेप्टेम्बरमा पाकिस्तानमा खेल्ने कार्यतालिका थियो । एसिया कप टि२० प्रतियोगितामा भारत, पाकिस्ता, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एक छनोट भएर आउने टोलीबीच प्रतिस्पर्धा हुने तय थियो । नेपाल भने एसिया कप यात्राको पहिलो चरणबाटै बाहिरिसकेको थियो ।
गत फागुनमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा खराब प्रर्दशन गर्दै चौथो स्थानमा रहेर नेपाल बाहिरिएको थियो । एसिया कप रद्द हुँदा सेप्टेम्बरमा १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आइपिएल० गर्न बाटो खुलेको छ । आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा टि२० विश्वकप हुँदैछ । उक्त विश्वकप अघि आइपिएल हुने सम्भावना बढेको हो ।
आइपिएललाई विश्वकप तयारीको रुपमा हरिएको छ । कोरोना महामारीको कारण विश्वकप टि२० समयमै हुने वा नहुनेमा अन्यौल छ । टि२० विश्वकप सरेको खण्डमा आइपिएल अक्टोबर नोभेम्बरमा हुने छ । अन्यथा एसिया कप रद्ध भएसँगै विश्वकप स्थगित नभएपनि आइपिएलको लागि बाटो खुलेको छ ।
प्रकाशित समय २२:१५ बजे















