गृहपृष्ठ लकडाउनमा ‘रेखा थापाको योग पोज’
लकडाउनमा ‘रेखा थापाको योग पोज’
पछिल्लो समय नायिका रेखा थापाले फिटनेसमा खुबै ध्यान दिइरहेकी छन् । लकडाउनभन्दा पहिला जिम धाइरहेकी रेखा केही समय घरमा नै थुनिन बाध्य भइन् । अहिले पुनस् रेखाले फिटनेसमा ध्यान दिन थालेकी छन् ।
रेखा आफ्नै निवासमा योग गरिरहेकी छन् । फिटनेस ट्रेनर विजु पार्कीसँग उनले योग सिकिरहेकी छन् । रेखाले सामाजिक सञ्जालमा आफूले गरेको योगासनका तस्वीर तथा भिडियो हालिरहेकी हुन्छिन् ।
यस्तैमा, बुधबार रेखाले ट्रेनर विजु पार्कीसँगको २ तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । शरीर ब्यालेन्स गर्ने आसनमा विजुले रेखाको आडमा शरीरलाई हावामा ब्यालेन्स गरेका छन् ।
रेखाको उक्त तस्वीर शेयर गर्दै ब्यालेन्स नै सबै कुराको कुञ्जी भएको लेखेकी छन् । उनले लेखेकी छन्, ुब्यालेन्स नै सबै कुराको कुञ्जी हो । हामीले केही गर्दा, सोच्दा, बोल्दा, खाँदा वा फिल गर्दा पनि ब्यालेन्स हुन जरुरी रहन्छ । यसैले हामीलाई माथि पुर्याउनेछ । स्वस्थ्य रहनुस्, सकरात्मक रहनुस् ।
रेखा अहिले नयाँ चलचित्रको तयारीमा लागिरहेकी छन् । सौगात मल्ल र रेखाको मुख्य भूमिका रहने उक्त चलचित्रको छायाङ्कन भदौको दोस्रो साताबाट हुने बताइएको छ ।
प्रकाशित समय २२:०० बजे















