गृहपृष्ठ बाह्रबिसे पहिरो सबै घाइतेलाई काठमाडौं ल्याइयो
बाह्रबिसे पहिरो सबै घाइतेलाई काठमाडौं ल्याइयो
सिन्धुपाल्चोकमा गए रातिदेखि परेको अविरल वर्षाका कारण दुई ठाउँको पहिरोमा परि घाइते भएका एकजनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । पहिरोले सिँगो गाउँ नै क्षति पुर्याएको छ ।
सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनका अनुसार बाह्रबिसे नगरपालिकाको जम्बुमा गएको पहिरोमा परेर अहिलेसम्म २० जना बेपत्ता भएको खुलेको छ । सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको र उद्धार जारी रहेको उनले बताए । बाढी र पहिरोमा परी दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबु छोरी रहेको बताइएको छ ।
प्रकाशित समय १३:३९ बजे















