DG Creation

गृहपृष्ठ २०७७ आषाढ २९ गते, सोमवारको आजको राशिफल

२०७७ आषाढ २९ गते, सोमवारको आजको राशिफल

rashifal-Candles Khabar

 

मेष राशिः शत्रु पक्ष सबल रहनेछन् । कार्यक्षेत्रमा अवरोध रहे पनि मध्याह्न पछिको समय सुखद् रहनेछ । विद्याको क्षेत्र आज मध्यम फलदायी रहने देखिन्छ ।

वृष राशिः भौतिक वसतुबाट लाभ रहनेछ । कार्य उन्नतिका साथै यात्राका योग देखिन्छन् । चन्द्रमाको प्रतिकूलताले गर्दा मध्याह्नपछिको समय भने कार्यदायी रहनसक्ने देखिन्छ ।

मिथुन राशिः आर्थिक लाभ हुनेछ । व्यवसायमा उन्नतिका साथै धार्मिक सामाजिक कार्यमा पनि मन प्रवृत्त रहनेछ । प्रेम जीवन आज पारखिलो रहने देखिन्छ ।

कर्कट राशिः गृह सुख मिल्नेछ । कान्ति वृद्धिका साथै जलीय वस्तु लाभदायी रहनेछन् । कला साहित्य सृजनामा पनि मन प्रवृत्त रहने आजको राशिफल रहेको छ ।

सिंह राशिः स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ । शत्रुपक्ष सबल रहे पनि मध्याह्ना पछिको समय सुखद् रहनेछ । विद्याको क्षेत्र लाभदायी नै रहने देखिन्छ ।

कन्या राशिः पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै मित्र सुख मिलने देखिन्छ । मध्याह्न पछि भने स्वास्थ्यमा सजग रहनुृ नै उपचित हुनेछ ।

तुला राशिः भौतिक वसतुबाट लाभ रहनेछ । आर्थिक उननतिका साथै यात्राका योग देखिन्छन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

वृश्चिक राशिः धार्मिक कार्यमा रुचि रहनेछ । व्यवसायिक उन्नतिका साथै जलीय वस्तुबाट लाभ हुनेछ । प्रेममा पारख बढ्ने आजको राशिफल रहेको छ ।

धनु राशिः कार्यक्षेत्र संघर्षदायी रहनसक्नेछ । खर्चमा वृद्धि भए पनि मध्याह्नपछिको समय भने लाभदायी रहने देखिन्छ । विखको भाव सबल नै रहनेछ ।

मकर राशिः व्यववसायमा वृद्धि हुनेछ । मित्र लाभका साथै यात्राकायोग पनि देखिन्छन् । मध्याह्न पछि भने ग्रहबल कमजोर रहनेछ ।

कुम्भ राशिः धोतिक वस्तुबाट लाभ रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै कार्य क्षेत्रमा पनि सफलता मिल्ने देखिन्छ । पारिवारिक सुख प्राप्तिका योग पनि देखिन्छन् ।

मीन राशिः वृत्ति लाभ हुनेछ । कार्य उन्नतिका साथै व्यवसायमा पनि उन्नति हुने देखिन्छ । कला साहित्यमा विशेष चाख रहने आजको राशिफल रहेको छ ।

प्रकाशित समय ०५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation