DG Creation

गृहपृष्ठ पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

Narayangad-Road-aabarudha-candles khabar

नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोला नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । ईच्छाकामना गाउँपालिका(६ स्थित चोरखोला नजिक पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडकमा खसेको पहिरो ठूलो भएका कारण पहिरो हटाएर सडक सुचारु गराउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । यसअघि पनि सोही ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

प्रकाशित समय १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation