DG Creation

गृहपृष्ठ ११७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५५ हजार भन्दा बढि

११७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५५ हजार भन्दा बढि

Dr-jageshwor-gautam-candles khabar

पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।

हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation