गृहपृष्ठ आज मंगलबार यी राशिहरुका लागि छ शुभ
आज मंगलबार यी राशिहरुका लागि छ शुभ
मेष राशिः मेष राशिका लागि साता मिश्रित फलदायी रहनेछ । व्यय भावको चन्द्रमाले गर्दा सोमवारसम्मको समय केही कार्यदायी रहनसक्नेछ । शत्रुपक्षको पनि सामना गर्नुपर्ने देखिन्छ । मंगलबारबाट भने दिन सुखद् बन्दै जानेछन् । आय आर्जनमा पनि उन्नति हुने देखिन्छ । मित्र सुख प्राप्त हुनुका साथै अध्ययन अध्ययापनमा पनि सफलता मिल्नेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । प्रेम जीवन सार्थक र सुखद् रहनेछ । सामाजिक कार्यमा मन प्रवृत्त रहनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।
वृष राशिः वृष राशिका लागि यो साता लाभदायी रहनेछ । भौतिक वस्तु उन्नतिदायी रहनेछन् । कला साहित्यका क्षेत्रमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । सांगीति क्षेत्र पनि यो साता लाभदायी रहनेछ । व्यवसायिक सफलता मिल्नुका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । धार्मिक कार्यमा मन जानेछ । अध्ययन अध्यापनमा रुचि जाग्नेछ । मंगल र बुधबार भने चन्द्रमा प्रतिकूल रहनेछन् । । जसले गर्दा कार्यक्षेत्रका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।
मिथुन राशिः मिथुन राशिका लागि साता उन्नतिकारक रहनेछ । आर्थिक उन्नतिका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । भौतिक वस्तु लाभदायी रहनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । भाग्य अभिवृद्धिका साथै कार्यक्षेत्रमा पनि उन्नति हुने योग देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । बिहीवारबाट भने समय प्रतिकूल रहनसक्नेछ । शारीरिक आलश्यताका साथै कार्यक्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । बुद्धिपक्षको प्रयोग तत् समयमा शुभ रहनेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेम जीवन पारखिलो रहने देखिन्छ ।
कर्कट राशिः कर्कट राशिका लागि यो साता सफल रहनेछ । बौद्धिक कार्यमा मन जानेछ । साताको अधिकांश समय चन्द्रमा अनुकूल रहनेछन् । जसले धनको क्षेत्रलाई सबल बनाएको छ । शत्रु पक्ष दुर्वल रहनेछन् । अध्ययन अध्यापनको क्षेत्र सफल रहने देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । भौतिक वस्तु यो साता लाभदायी रहन देखिन्छ । प्रेममा पारख बढ्नुका साथै सम्बन्धका नयाँ आयाम थपिने छन् । कार्य व्यवसायमा पनि उन्नति हुने देखिन्छ । आमदानीका स्रोत बढ्नुका साथै लगानीका नयाँ अवसर पनि प्राप्त हुनेछन् । कला साहित्यका क्षेत्रमा पनि साता सफल नै रहने देखिन्छ ।
सिंह राशिः सिंह राशिका लागि साता मिश्रित फलदायी रहनेछ । साताको आरम्भमा चन्द्रमा अष्टमभावमा रहेन भएकाले कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलताको सामना गर्नुपर्ने देखिन्छ । मंगलवारबाट भने समय सुखद् बन्दै जानेछ । व्यवसायमा पनि क्रमशः उन्नति हुने योग देखिन्छ । प्रेम जीवन यो साता सुखद् रहनेछ । वाणिज्य क्षेत्र सबल रहनुका साथै लगानीका नयाँ मार्ग प्राप्त हुनेछन् । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । भौतिक वस्तु यो साता लाभदायी रहने देखिन्छ ।
कन्या राशिः कन्या राशिका लागि साता फलदायी रहनेछ । कार्य व्यवसायमा सफलता मिल्नुका साथै भूधन विशेष लाभदायी रहने देखिन्छ । आर्थिक उन्नतिका साथै व्यपार व्यवसायमा पनि वृद्धि हुनेछ । बौद्धिक कार्यमा मन अभिप्रेरित रहनेछ । पराक्रम भाव सबल रहेकाले घर परिवारबाट पनि साथ सहयोग प्राप्त हुने देखिन्छ । मित्र पक्ष सबल रहनेछ । कार्य क्षेत्रमा संघर्ष गर्नुपरे पनि सफलता आफ्नै हातमा पर्ने देखिन्छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मंगल र बुधवार भने चन्द्रमा प्रतिकूल रहनेछन् । जसले गर्दा खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि समस्य देखिनसक्नेछ ।
तुला राशिः तुला राशिका लागि साता अर्थदायी रहनेछ । व्यवसायमा उन्नतिका साथै मन नयाँ कार्यमा अग्रसर रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै धातुजन्य वस्तु विशेष लाभदायी रहनेछन् । बौद्धिक कार्यमा रुचि जाग्नेछ । सौन्दर्य प्रसाधनका साथै कला साहित्यमा पनि विशेष लगाव रहनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै कृषि व्यवसायमा पनि वृद्धि हुनेछ । धातुजन्य वस्तु यो साता उन्नतिकारक रहनेछन् । बिहीवारबाट भने चन्द्रबल कमजोर रहनेछ । जले गर्दा कार्यमा अस्थिरताका साथै खर्चवृद्धिको पनि सामना गर्नुपर्ने देखिन्छ ।
वृश्चिक राशिः वृश्चिक राशिका लागि यो साता सबल रहनेछ । आर्थिक उन्नतिका साथै कार्य व्यवसायमा पनि वृद्धि हुनेछ । सामाजिक कार्यमा मन प्रेरित रहनेछ । मित्र लाभका साथै आर्थिक उन्नतिका योग पनि देखिन्छन् । चन्द्रमाको अधिक समय अनुकुलताले कार्यक्षेत्रमा पनि सफलता मिल्ने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । सम्बन्धमा नयाँ आयाम थपिनेछन् । सेयर लगानीको क्षेत्र पनि यो साता फलदायी नै रहनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै बौद्धिक कार्यमा रुचि जाग्नेछ । स्वास्थ्यको क्षेत्र सबल रहने साताको राशिफल रहेको छ ।
धनु राशिः धनु राशिका लागि साताको मध्यम फलदायी रहनेछ । साताको आरम्भमा चन्द्रबल कमजोर रहनेछ । जले गर्दा कार्यक्षेत्रमका संघर्षका साथै खर्चवृद्धिको पनि सामना गर्नुपर्ने देखिन्छ । मंगलवारपछिका समय सुखद् रहनेछन् । भौतिक वस्तु लाभदायी रहनुका साथै मित्र सुख मिल्ने योग पनि देखिन्छ । प्राकृतिक क्षेत्रको परिभ्रमणमा मन प्रवृत्त हुनेछ । कार्य गर्ने अवसर प्राप्त हुनुका साथै प्रतिभा प्रदर्शनका निम्ति पनि यो उत्तम समय रहनेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ ।
मकर राशि : मकर राशिका लागि साता कार्यदायी रहनेछ । व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । भौतिक वस्तु लाभदायी रहनेछन् । धनको क्षेत्र सबल देखिन्छ । मित्र सहयोग मिल्नेछ । अध्ययन अध्यापनमा रुचि जाग्नुका साथै प्रतिस्पर्धामा पनि सफलता मिल्ने योग देखिन्छ । सांगीति क्षेत्र सफल रहनेछ । जलीय वस्तु विशेष लाभदायी रहनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । मंगल र बुधवार भने चन्द्रमा प्रतिकूल रहनेछन् । जसले गर्दा कार्यमा अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्नेछ । मित्रजनबाट सजग रहनु नै उचित हुनेछ । स्वास्थ्यमा सजग रहनुका साथै बुद्धिपक्षको प्रयोग यो साता सुखद् रहने देखिन्छ ।
कुम्भ राशिः कुम्भ राशिका लागि यो साता फलदायी रहनेछ । आर्थिक उन्नतिका सथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुनेछ । मित्र क्षेत्रबाट लाभ हुने देखिन्छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । आय आर्जनका स्रोत बढ्नुका साथै भूधन लाभदायी रहने देखिन्छ । शत्रु पक्ष निर्वल रहनेछन् । प्रेममा पारख बढ्नुका साथै सम्बन्धमा नयाँ आयाम थपिनेछन् । विद्याको क्षेत्र सबल देखिन्छ । परिश्रम गर्नुपरे पनि सफलता हात पर्ने योग देखिन्छ । बिहीवारबाट भने ग्रहबल कमजोर रहने भएकाले आर्थिक अस्थिरतका साथै प्रतिकूल स्वाथ्यको सामना गर्नुपर्ने साताको राशिफल रहेको छ ।
मीन राशि : मीन राशिका लागि उन्नतिदायी रहनेछ । वित्तीय क्षेत्र सबल रहनेछ । आर्थिक उन्नतिका साथै कार्यव्यवसायमा पनि वृद्धि हुने देखिन्छ । स्वास्थ्यको भाव सबल देखिन्छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । धार्मिक कार्यमा मन प्रवृत्त रहनुका साथै सुखद् यात्रका अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन मध्यम फलदायी रहनेछ । सांगीतिक क्षेत्रमा पनि यो साता सफल रहने देखिन्छ । धातुजन्य वस्तु लाभदायी रहनेछन् । पारिवारिक सुख मिल्नुकासाथै सुखद् यात्राका योग पिनि देखिन्छन् ।
प्रकाशित समय ०५:०५ बजे












