DG Creation

गृहपृष्ठ प्रदेश ५ मा सर्पदंशको सफल उपचार

प्रदेश ५ मा सर्पदंशको सफल उपचार

Sarpa-candles khabar

दाङको गढवामा हालै सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रले सर्पदंशका बिरामीहरूको सफल उपचार गरेको छ । पहिलो पटक सर्पले डसेका दुईजना व्यक्ति निको भएर घर फर्किएको केन्द्रका स्वास्थ्य सहायक जीवराज शर्माले जानकारी दिए।
गढवा गाउँपालिका ५ का ८ वर्षीय रामकृष्ण पौडेल र गढवा ६ का ८० वर्षीया तुल्ला जोगी सर्पले डसेर बुधबार केन्द्रमा उपचारार्थ भर्ना हुनुभएको थियो । उनीहरूको सफल उपचार भएको स्वास्थ्य सहायक शर्माले बताए। सो केन्द्रको यही असोज ४ गते मुख्यमन्त्री शंकर पोख्रेलले शुभारम्भ गरेका थिए।
यसअघि सर्पदंशका बिरामी कपिलवस्तुको गोरूसिंगे र बाँकेको शम्शेरगञ्ज जानुपर्ने बाध्यता रहेको थियो । उपचारका लागि टाढा जानुपर्ने बाध्यताका कारण बीच बाटोमै बिरामीको मृत्यु हुनेगरेको थियो ।
गत आर्थिक वर्षमा जिल्लामा १७ जनाको सर्पदंशवाट मृत्युभएको जिल्ला आपतकालीन उद्धार केन्द्रले जनाएको छ । जिल्लामै सुविधा सम्पन्न सर्पदंश उपचार केन्द्र स्थापना भएसँगै यस क्षेत्रका स्थानीयहरूलाई टाढा जानुपर्ने बाध्यता टरेको छ । सर्पले डसेका विरामीलाई जिल्लाका अस्पतालमा उपचारकालागी लैजानेगरेपनि धेरैजसोलाई कोहलपुर रिफर गर्ने गरेका थिए ।
गत आर्थिक वर्षमा मात्रै जिल्लाका दुई अस्पतालमा ४६ जना सर्पले डसेका बिरामी आएका थिए । राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा ३६ जना र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको उपचार भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

पहिराले २० घर बगायो

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं १२ को कोठिया मैदानमा पहिरोले २० घर बगाएको छ । सो वडाका जख्रेगैरा, पहरेपानी, मैदान लगायतका स्थानमा जमिन भासिएर माथीबाट पहिरो खस्दा २० घर पुरिएको वडा अध्यक्ष बाबुराम गैरेले बताउनुभयो । पहिरोले मानवीय क्षती भने भएको छैन । पहिरोले घरहरु पुरेपछि ती घरका एक सय भन्दा बढी मानिसलाई गौरा माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले जानकारी दिनुभयो ।
पहिरो खस्नेक्रम नरोकिएकाले घरहरु पुरिने क्रम बढ्न सक्ने प्रहरीको भनाई छ । ती गाउँका अन्य २० भन्दा बढी घर पहिरोको जोखिममा रहेका छन् । मानवीय क्षती नभएपनि पशु चौपायाहरु कति पुरिए भन्ने अझै जानकारी भएको छैन । अहिले नेपाल प्रहरी र स्थानीयले उद्धार कार्य जारी राखेको स्थानीय हरी गैरेले जानकारी दिए ।

प्रकाशित समय २०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation