DG Creation

गृहपृष्ठ प्रधानमन्त्री गए आइसोलेसनमा, सचिवालय बैठक अनिश्चित

प्रधानमन्त्री गए आइसोलेसनमा, सचिवालय बैठक अनिश्चित

KP-oli-candles khabar

प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेकका भेटघाट नगर्ने भएका छन्।

आफ्ना सल्लाहकार, स्वकीय सचिव, सचिवालय र सुरक्षाकर्मीसहित ७० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेकका अन्य भेटघाट नगर्ने भएका हुन्।

‘प्रधानमन्त्रीले प्रत्यक्ष भेट्नै पर्ने भएमा मात्रै भेटघाट गर्नुहुन्छ। भर्चुअल माध्यमबाट गर्न सकिने काम रोकिँदैनन्,’ प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘सल्लाहकारहरूले पनि आफू आइसोलेसनबाट बसेकै ठाउबाट गर्न मिल्ने काम गर्नुहुन्छ। इन्टरनेटका माध्यमबाट गर्ने मिल्ने काम कुनै पनि रोकिँदैनन्।’

आइतबारका लागि तय भएको सचिवालय बैठकबारे भने अहिलेसम्म कुनै निर्णय भएको छैन। शनिबारका लागि तय भएको सचिवालय बैठक आइतबार ४ बजे बोलाइएको हो। सचिवालय बैठक स्थगित हुनेबारे कुनै जानकारी नआएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रकाशित समय ०८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation