DG Creation

गृहपृष्ठ बिहीवार कुन राशि भएकाहरुलाई कति फलदायी ?

बिहीवार कुन राशि भएकाहरुलाई कति फलदायी ?

Rashifal candleskhabar

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको २९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको १५ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन कृष्णपक्षको त्रयोदशी तिथि बिहान ६।२५ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । उत्तराफाल्गुनी नक्षत्र बेलुका ५:३६ बजेसम्म रहनेछन् । यसैगरी आज ब्रह्म योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ६:०४ मा छ भने सूर्यास्त बेलुका ५।३३ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा रहेका छन् ।

आज बिहीवार दुर्गा भगवतीको उपासना लाभदायी रहनेछ । यसैगरी आज पहेला वस्तुको प्रयोग पनि शुभ रहनेछ । विद्याभ्यास गर्नेका निम्ति पनि आज उत्तम दिन हो ।

आजको राशिफल २०७७ आश्विन २९ गते, बिहीवार

मेष राशिः आर्थिक लाभ हुनेछ । पारिवारिक सुख मिल्नुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

वृष राशिः पारिवारिक सुख मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै सुखद् यात्राका योग देखिन्छन् ।

मिथुन राशिः शत्रुपक्ष सबल रहनेछन् । सवास्थ्यमा प्रतिकूलताका साथै खर्चमा पनि वृद्धि हुन सक्ने देखिन्छ । अन्य क्षेत्र मध्यम रहनेछन् ।

कर्कट राशिः व्यवसायमा वृद्धि हुनेछ । धार्मिक कार्यमा रुचि रहनुका साथै वित्तीय लाभका योग देखिन्छन् । प्रेम जीवन पनि पारखिलो रहने देखिन्छ ।

सिंह राशिः पराक्रम बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै सुखद् यात्राका योग देखिन्छन् । अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ ।

कन्या राशिः मिष्ठान्न लाभ हुनेछ । व्यवसायमा वृद्धि हुनुका साथै जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । कृषि क्षेत्र पनि फलदायी रहन देखिन्छ ।

तुला राशिः ग्रह बल आज कमजोर रहनेछ । जसले गर्दा खर्चमा वृद्धिका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

वृश्चिक राशिः व्यवसायमा वृद्धि हुनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै आर्थिक उन्नतिका योग देखिन्छन् । विद्याको क्षेत्र पनि सबल नै रहने आजको राशिफल रहेको छ ।

धनु राशिः आयमा वृद्धि हुनेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै राजनीतिक क्षेत्र पनि सफल बन्ने देखिन्छ । प्रेम जीवन सुखद् व्यतित हुने आजको राशिफल रहेको छ ।

मकर राशिः वाणिज्य क्षेत्र सबल रहनेछ । गृह सुख मिल्नुका साथै सांगीतिक क्षेत्रमा लगाव रहनेछ । समग्रमा आजको दिन सुखद् रहने देखिन्छ ।

कुम्भ राशिः दिन कार्यदाइ रिहनसक्नेछ । कार्यक्षेत्रमा अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै उचित हुने देखिन्छ ।

मीन राशिः सामाजिक कार्यमा मन प्रवृत्त हुनेछ । आयमा वृद्धि हुनुका साथै लगानीका नयाँ अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

प्रकाशित समय ०५:०० बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation