गृहपृष्ठ मध्यबानेश्वरको ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार
मध्यबानेश्वरको ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार
काठमाडौंको मध्यबानेश्वरको ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि बिहीबार दिउँसो खुकुरी प्रहार भएको छ । पौने दुई बजे बैंकका गार्डमाथि एक व्यक्तिले खुकुरीले प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार सुरक्षा गार्ड रूद्रबहादुर घाइते भएका हुन् । उनको हातमा चोट लागेको छ भने उनको के एमसी अस्पतालमा उपचार भइरहेको छ ।
‘सेवाग्राहीहरू लाइन बस्ने क्रममा विवाद हुँदा ती व्यक्तिले गार्डको खुकुरी निकालेर प्रहार गरेका थिए, एसपी राठौरले भने,’ ती मान्छेको पहिचान भइसकेको र उनको खोजी भइरहेको एसपी राठौरले बताए ।
प्रकाशित समय १६:३३ बजे















