गृहपृष्ठ सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु
सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु
ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। सोमबार मध्यान्ह बाटो काट्ने क्रममा ना ८ छ ७५०६ नम्बरको ट्रकले एक महिलालाई ठक्कर दिएको थियो।
घटनापछि उनलाई पाटन अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको ललितपुर जिल्ला प्रहरी परिसरका एपसी नरेशराज सुवेदीले नेपालखबरलाई जानकारी दिए।
प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी सुवेदीले जनाएको छ।
प्रकाशित समय १४:०८ बजे














