DG Creation

गृहपृष्ठ नेपाल आज क्यानडासँग वार्मअप म्याच खेल्दै

नेपाल आज क्यानडासँग वार्मअप म्याच खेल्दै

आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अफिसियल वार्मअप म्याचअन्तर्गत आज क्यानडासँग खेल्दै छ।

डालासको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल नेपाली समयानुसार राति सवा ९ बजे सुरु हुनेछ।

विश्वकपअघि नेपालले क्यानडा र अमेरिकासँग दुई अफिसियल वार्मअप म्याच खेल्न लागेको हो।

नेपालले अमेरिकासँग मे ३० मा दोस्रो अफिसियल वार्मअप म्याच खेल्ने तालिका छ।

अमेरिकासँगको खेलपछि नेपालले विश्वकपको यात्रा सुरु गर्नेछ।

विश्वकप तयारीका लागि नेपाली टोली वैशाख अन्तिम साता अमेरिका पुगेको थियो। 

जहाँ नेपालले विनवार्ड्स भोलक्यानोजविरुद्ध तीन खेलको सिरिज खेलेको थियो। जसमा नेपाल २–१ ले विजयी भएको थियो।

त्यसपछि नेपालले ह्युस्टनमा ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास खेल खेल्यो। दुवै अभ्यास खेलमा नेपाल विजयी भयो।

प्रकाशित समय १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation