गृहपृष्ठ दोस्रो डाईमण्ड म्यूजिक अवार्ड–२०२४ सम्पन्न
दोस्रो डाईमण्ड म्यूजिक अवार्ड–२०२४ सम्पन्न
एन. एस. म्यूजिक प्रा.लिद्वारा आयोजित डाईमण्ड म्यूजिक अवार्ड २०२४ भव्यताका साथ सम्पन्न भएको छ ।
पूर्व प्रधानमन्त्री झलकनाथ खनालको प्रमुख आतिथि गरेका थिए । कार्यक्रममा विभिन्न ३४ विधामा अवार्ड वितरण गरिएको अवार्डका संयोजक नमराज ढुगांनाले बताउनुभयो। विभिन्न विधाका क्रियाशिल २५ जना अग्रज श्रष्ठा र सर्जक र कला क्षोत्रमा आवद्ध व्यत्तिहरुलाई सम्मान गरिएको थियो । गतवर्ष पहिलो डाईमण्ड म्युजीक अर्वाड–२०८० लाई भव्य रुपमा सम्पन्न गरिसकेको एनएस म्यूजिक प्रालीद्वारा दोस्रो डाईमण्ड म्यूजीक सम्पन्न गरेको छ ।
अग्रजलाई सम्मान नव प्रतिभा लाई प्रोत्साहन’ भन्ने मुल नाराका साथ् आयोजना भएको उक्त कार्यक्रममा गला र कलाको सम्मान स्वरूप नेपाली संगीत क्षेत्रका स्थापित संगीतकर्मी, कलाकर्मी र पत्रकारको उपस्थितमा ऐतिहासीक दोस्रो डाईमण्ड म्यूजीक अर्वाड २०८१ सम्पन्न भएको हो ।
सम्मान हुनेमा लोक सम्राट कुमार बस्नेत, दिर्घ साधना सम्मान, वरिष्ठ गायक, सर्जक, निर्देशक नारायण रायमाझी, वरिष्ठ क्याप्टेन, अभिनेता विजय लामा, वरिष्ठ अभिनेत्री, कलाकार सरिता लामिछाने, वरिष्ठ गायक शिव नारायण जोशी, वरिष्ठ गायिका तीर्थ कुमारी थापा, वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ्ग, वरिष्ठ गायक हरि बहादुर राउत, वरिष्ठ गायक घमेश दुलाल, अग्रज गायक चन्द्र शर्मा, वरिष्ठ हाँस्य कलाकार किरण के.सी., वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदी, वरिष्ठ पत्रकार विदुर गिरी, वरिष्ठ पत्रकार विश्वमणी सुवेदी, वरिष्ठ अभिनेता धिरेन साक्य, वरिष्ठ अभिनेता विराज भट्ट लोकप्रिय मोडल, नायक पल साह, मोडल, कलाकार सागर लम्साल, सञ्चारकर्मी चन्द्रमणी गौतम,कमल सरगम, सरण हुमागाई, विनिता कुवर क्षेत्रीलगायतले सम्मान गरेका थिए ।
निर्णायक संयोजक गायक घमेश दुलालले गरेका थिए भने, निर्णायक सह–संयोजकः गायक, संगीतकार गायक हेमन्त शिशिरको रहेको थियो । त्यस्तै,गायक चन्द्र शर्मा, निर्देशक मिलन श्रेष्ठ, नृत्य निर्देशक रविता मगर, गायक हिमाल श्रेष्ठ, गायक, संगीतकार नर हरि प्रेमी, गायक नविन कुमार पौडेल, गायक इन्द्र जि।सी। निर्देशक देवेन्द्र पाण्डेलगायतको निर्णायक मण्डल समूहले विजेता घोषण गरेका थिए । त्यस्तै, सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतबाट कुमार पौडेलबाट अवार्ड पाएका थिए भने, जुरी अवार्ड शोभाकर भट्टराईले अवार्ड पाउन सफल भए ।
उक्त अवार्ड कार्यक्रम काठमाडौंको भृकुटि मण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न भएको हो । डाईमण्ड म्यूजिक अवार्ड २०२४ कार्यक्रमको अध्यक्षता सिम्रन दुलाल (कुसुम)ले गरेकी थिइन् । अवार्ड कार्यक्रमको प्रस्तोता दिनेश डि।सी।ले गरेका थिए । उक्त कार्यक्रममा अतिथिको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त कलाकार, विभिन्न क्षेत्रका व्यावसायी, पत्रकारलगायतको उपस्थितमा सम्पन्न भएको थियो ।
प्रकाशित समय २१:३६ बजे















