DG Creation

गृहपृष्ठ ‘अब गठन हुने सरकार उदाहरणीय बन्नुपर्छ’

‘अब गठन हुने सरकार उदाहरणीय बन्नुपर्छ’

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अब गठन हुने सरकार जनताको हितमा काम गरेर उदाहरणीय बन्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस इटहरीको दोस्रो नगर सम्मेलन आज उद्घाटन गर्दै थापाले वर्तमान सरकार स्पष्ट अल्पमतमा पर्दासमेत प्रधानमन्त्रीले राजीनामा दिन आलटाल गरेको बताए ।

अबको सरकार नदेखिने नसुनिने तर आफ्नो प्रशंसा आफैँले गर्ने नभई आमनागरिकले सरकार परिवर्तन पछि राम्रो काम भयो भन्ने महसुस गराउने किसिमको बन्नुपर्ने बताएका छन् ।

प्रकाशित समय २२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation